back to top
23.1 C
Kathmandu
Monday, May 19, 2025

टेलिकमको लोगो दुरुपयोग गरी सामाजिक सञ्जालमा गलत सूचना प्रवाह, सचेत रहन आग्रह

नेपाल टेलिकमले आफ्नो लोगो प्रयोग गरेर सामाजिक सञ्जालमा गलत सूचना भइरहेकोप्रति सचेत रहन सबैमा आग्रह गरेको छ।

क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसर पारेर सामाजिक सञ्जालमा टेलिकमको लोगो प्रयोग गरी प्रलोभन दिने काम भइरहेको भन्दै उसले सचेत रहन आग्रह गरेको हो।

‘नेपाल टेलिकमले आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर रू. पाँच हजारसम्मको नगद तथा उपहारको व्यवस्था गरेको’ भनेर फेसबुक ग्रुप र म्यासेन्जरलगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भइरहेको प्रवक्ता हरि ढकालले बताएका छन्।

कम्पनीको आधिकारिक ‘ब्लु टिक’ सहितको फेसबुक र एक्सलगायतका सामाजिक सञ्जालमा भएका सूचना तथा कम्पनीको आधिकारिक वेबसाइटलाई मात्र आधार मानेर सेवाबारे अद्यावधिक हुन उनले ग्राहकहरूमा अनुरोध गरेका छन्।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय