काठमाण्डौबाट प्रहरीले स्रोत नखुलेको ६८ लाख रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाण्डौ महानगरपालिका–३२ दोभानपुलका राजकुमार माली, काठमाण्डौको नयाँ बानेश्वरका १८ वर्षीय एक किशोर, झापाको अर्जुनधारा नगरपालिका–७ घर भई काठमाण्डौ–७ शान्तिगोरेटो बस्ने प्रवेशकुमार पौडेल र झापाकै बिर्तामोड नगरपालिका–५ घर भएका युवराज सुवेदी रहेका छन् ।
प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाण्डौ महानगरपालिका–९ सिनामङ्गलको शम्भु मार्ग सडकबाट पक्राउ गरेको हो । प्रदेश ३–०१–०२२ च १९७२ नम्बरको कारमा रहेका उनीहरूको साथमा स्रोत नखुलेको रकम फेला परेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।