back to top
12.1 C
Kathmandu
Monday, December 23, 2024

एसीसी यू- १९ महिला एसिया कपमा आज नेपालले भारतको सामना गर्दै

एसीसी यू- १९ महिला एसिया कपमा आज नेपालले भारतको सामना गर्दै छ । आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै सुपर फोरमा पुगिसकेको नेपाल उच्च मनोवलका साथ मैदानमा उत्रँदै छ ।

नेपाली समयअनुसार आज बिहान पौने १२ बजे सुरु हुने खेलको नतिजाले समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ । पाकिस्तान भने लगातार दुई खेलमा पराजित भएसँगै नेपाल एक खेल बाँकी हुँदै सुपर फोरमा पुगेको हो । समूह ए मा नेपालसहित भारत र पाकिस्तान छन् । त्यस्तै समूह बी मा श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन् ।

सोमबार आफ्नो पहिलो खेलमा नेपालले सुरुवाती ब्याटिङ गरेको पाकिस्तानलाई १०४ रनको लक्ष्यमा रोकेको थियो । १०५ रनको विजय लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा ४ विकेटको क्षतिमा भेट्टाएको हो ।

नेपालका लागि कप्तान पूजा महतो  ४७ र सिमाना केसी १२ रनमा अविजित रहे । ४७ बल खेलेकी पूजाले ३ चौका प्रहार गरेकी थिइन् । यस्तै, सोनी पाख्रिनले १३ र सना प्रविनले १० रनको योगदान दिए । बलिङतर्फ कप्तान पूजा महतोले २ तथा रचना कुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले समान १-१ विकेट लिए ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय