back to top
12.1 C
Kathmandu
Monday, December 23, 2024

सशस्त्र प्रहरी लाई ठक्कर दिएर हत्या गर्ने गाडी र चालकको प्रहरीले पहिचान गरे

सिरहामा मदिरा तस्करी नियन्त्रणमा खटिएका सशस्त्र प्रहरी बल नेपालका सई ४८ वर्षीय लक्ष्मणप्रसाद यादवलाई ठक्कर दिएर हत्या गर्ने गाडी र चालकको प्रहरीले पहिचान गरेको छ।

आईतबार विहानको राती मदिरा बोकेर भारत जाँदै गरेको स्कारपियोको ठक्करबाट सई यादवको मृत्यु भएको थियो। अनुशन्धानका क्रममा यादवलाई ठक्कर दिने गाडी भारतीय नम्बर प्लेटको भएको खुलेपनि अन्य जानकारी प्रहरीले प्राप्त गर्न सकेको थियो।

अहिले स्कार्पियो र चालक दुवैको पहिचान भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी वीरेन्द्र पासपानले जानकारी दिए। चालक नेपाली हुन् वा भारतीय नागरिक हुन् भन्ने पनि प्रहरीले खुलाएको छैन।

प्रस्तावित सीमा सुरक्षा गुल्म इनर्वा मातहत सिरहाको बरियापट्टी गाउँपालिका–१, कचनारी छोट्की टोलस्थित सीमा इलाका बोर्डर आउट पोस्ट(बीओपी) बाट सई यादवको कमाण्डमा ५ जनाको प्रहरी टोली गस्तीमा थियो।

स्कर्पियोमा मदिरा तस्करी भईरहेको सूचना पाएपछि नेपाल प्रहरीसहित संयुक्त प्रहरी टोलीले मोटरसाइकलमा गाडीको पिछा गरेको थियो। सो क्रममा मदिरा बाकेको स्कर्पियोले बिहान करिव ३ बजे सई यादवलाई ठक्कर दिएर भारततर्फ फरार भएको थियो।

स्कर्पियोको ठक्करबाट गम्भीर घाइते भएका सई यादवलाई प्रादेशिक अस्पताल लहान पुर्‍याइए पनि त्यसको १५ मिनेटपछि (करिव ४ बजे) मृत्यु भएको थियो। घट्ना लगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेर अनुशन्धान गरिरहेको छ।

उनीहरुसँगको सोधपुछका क्रममा संलग्न व्यक्ति र गाडीको पहिचान भएको प्रहरीले जनाएको छ। उनीहरु अहिले पनि प्रहरीको नियन्त्रणमै छन्। मृतक सई यादव सिरहाकै नरहा गाउँपालिका–४ ललभितियाका हुन्।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय