back to top
24.1 C
Kathmandu
Sunday, May 4, 2025

प्रहरी चौकीका असईले आफैंमाथि गोली प्रहार गरे

अछामको तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका असईले आफैंमाथि गोली प्रहार गरेका छन्।

प्रहरी चौकीका इन्चार्जसमेत रहेका असई किसनबहादुर चन्दले बिहीबार राति आफैंमाथि गोली प्रहार गरेका हुन।

चन्दले विहिबार राती करिव साढे ९ बजे आफैंले बोकेको पेस्तोलले बायाँ छातीको माथिल्लो भागमा गोली प्रहार गरेको जनाईएको छ।

घाईते भएका चन्दको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। उनी बोल्न सक्ने अवस्थामा रहेको अछामका प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।

चन्दले गोली प्रहार गर्नुको कारण खुलेको छैन। घटनाबारे छानबिन गर्न इलाका प्रहरी कार्यालय कमलबजारका इन्स्पेक्टर हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय