back to top
12.1 C
Kathmandu
Monday, December 23, 2024

देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई गृहमन्त्री लेखकले भने उपनिर्वाचन स्वच्छ, निष्पक्ष बाताबरण बनाउनुस

गृहमन्त्री रमेश लेखकले स्थानीय तहको उपनिर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिएका छन्। देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित सुरक्षा समितिका पदाधिकारीको बैठकलाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री लेखकले निर्वाचनको सुरक्षालाई सामान्य रुपमा नलिन समेत आग्रह गरे।

‘३३ जिल्लाका ४१ स्थानमा उपनिर्वाचन हुदैछ,’ गृहमन्त्री लेखकले भने, ‘शान्ति सुरक्षा नभएर पुनः मतदानको स्थिति आए सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख जिम्मेवारी हुनुहोला।’

निर्वाचन सुरक्षाका लागि आवश्यक परे नेपाली सेना समेत परिचालन गर्नसक्ने विषयमा सरकारले तयारी गरेको बताउँदै उनले शान्ति सुरक्षाकै कारण निर्वाचन बिथोलिने अवस्था सिर्जना नहुने आग्रह गरे।

त्यसैगरी सामाजिक सञ्जाल र डिजिटल मिडियाका माध्यमको दुरुपयोग बढेकोप्रति चिन्ता व्यक्त गर्दै सो नियन्त्रणका लागि प्रहरीको साइबर ब्युराले कारबाही अघि बढाइरहेको पनि बताए।

‘जिल्लामा पनि हेडस्पिच दिने, अरुको मनमार्दन गरेर सामाजिक सञ्चाल प्रयोग गर्ने कार्य हुदैछन्,’ उनले भने, ‘लोकतन्त्र अनुशासनको पद्धती हो, अराजकताको पद्धती होइन।’

उनले देशभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रलाई राजश्व चुहावन नियन्त्रण, पछिल्लो समय चुनौतीका रुपमा देखिएको लागुऔषध नियन्त्रण, आत्महत्या न्युनीकरण र सवारी दुर्घटना न्युनीकरणमा गम्भीर भएर काम गर्न निर्देशन दिए।

नागरिकको गुनासो व्यवस्थापनका लागि गृह मन्त्रालयले आवश्यक संयन्त्र निर्माण गरिरहेको जानकारी समेत दिए। ‘२४ सै घण्टा काम गर्ने गरी गुनासो व्यवस्थापन केन्द्र स्थापना केही दिनमै हुन्छ,’ उनले भने, ‘जिल्लामा नागरिकको गुनासो सुन्ने पहिलो अधिकारी नै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले हो।’

बैठकमा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका प्रमुख प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहित मन्त्रालयको विभिन्न महाशाखाका प्रमुखहरूको सेमत सहभागिता थियो।

‘लोकतन्त्रको आधारस्तम्भ भनेकै निर्वाचन हो,’ गृहमन्त्री लेखकले भने, ‘त्यसकारण भयरहित वातावरणमा निर्वाचन गराउन खटिनुहोस्।’

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय