back to top
17.1 C
Kathmandu
Monday, December 23, 2024

अब गैरआवासीय नेपालीहरुले सेयर कारोबार गर्न पाउने

नेपाल धितोपत्र बोर्डले गैरआवासीय नेपालीहरुले सेयर कारोबार गर्न पाउने नीतिगत व्यवस्था गरेको हो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकामा आठौं संशोधन भएको छ । संशोधनमा गैरआवासीय नेपालीहरुले सेयर कारोबार गर्न पाउने व्यवस्था गरिएको हो ।

तर इन्भेष्टमेन्ट कम्पनीमाफर्त लगानी गर्न पाइने बताइएको छ ।
संशोधित निर्देशिकामा सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको सेयर निष्कासन तथा कारोबार सम्बन्धी व्यवस्था छ ।

इन्भेष्टमेन्ट कम्पनीले १० प्रतिशतभन्दा कम र ४९ प्रतिशतभन्दा बढी नहुने गरी एनआरएनहरुका लागि मात्रै सेयर जारी गर्न सक्ने समेत बताइएको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय