back to top
19.1 C
Kathmandu
Sunday, May 4, 2025

फौजी किराको प्रकोपले धान उत्पादनमा ठूलो असर, किसान दोहोरो नोक्सानीमा

नवल यादव , पर्सा : धान भित्र्याउने समयमा फौजी किराको आक्रमणले पाकिसकेको धानमा व्यापक क्षति पुगेपछि पर्साका किसानहरू चिन्तित भएका छन्।

धानबाली काटेर भित्र्याउन तयार भएको, र काटेर सुकाउन राखिएको धानमा समेत फौजी किराको प्रकोपले नोक्सानी पुर्‍याएको किसानहरूले बताएका छन्। खेतमा पाकिसकेको धान र पाँजामा राखिएको धानको बालामा किराले क्षति पु¥याएपछि किसानले भोगिरहेको समस्याले थप चुनौती सिर्जना गरेको हो।

किसानहरूको गुनासोपछि कृषि ज्ञान केन्द्र पर्साको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको छ। केन्द्रका प्रमुख कमलदेव कुश्वाहले किराको प्रकोप पुष्टि गर्दै विषादी प्रयोगले खासै प्रभावकारी समाधान दिन नसक्ने बताएका छन्।

धान काट्नका लागि हार्भेस्टर, रिपर, र थ्रेसरजस्ता आधुनिक उपकरणहरूको प्रयोगले कटानी सहज भए पनि किराको कारण छिटो धान भित्र्याउनुपर्ने र लामो समयसम्म भण्डारण गर्न नसकिने बाध्यता देखिएको छ।

किसानहरूका अनुसार, पूर्ण रूपमा पाक्न नपाउँदै धान काट्नुपर्दा उत्पादनमा कमी आउने मात्र होइन, भण्डारणको समस्या र गुणस्तरमा समेत असर पर्छ। यस वर्षको हावाहुरीपछि किराको प्रकोपले थप नोक्सानी गराउने देखिएको छ।

फौजी किराको नियन्त्रणका लागि चाँडो धान काटेर पाँजा नराखी सिधै दाई गर्न सुझाव दिइएको छ। साथै, आवश्यक परे साईपरमेथ्रिन नामक विषादीको २ एमएल प्रतिलिटर पानीमा घोलेर छर्किन सकिने कृषि ज्ञान केन्द्रका प्रमुख कुश्वाहाले जानकारी दिए।

किसानहरूले आधुनिक प्रविधिको प्रयोग गरी समस्या समाधान गर्न खोजे पनि दोहोरो नोक्सानीको सामना गर्नुपरेको गुनासो गरेका छन्।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय