back to top
18.8 C
Kathmandu
Saturday, May 17, 2025

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थप्न जिल्ला अदालत काठमाडौं लगिए

साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थप्न आज बुधबार बिहान सरकारी वकिलको कार्यालयबाट जिल्ला अदालत काठमाडौंमा लगिएको हो।

यता प्रसाईंमाथि अनुसन्धान गर्न सिआइबीले साइबर ब्युरोमा पठाएको थियो। ब्युरोले अबेरमात्रै प्रसाईंलाई बुझेपछि नभ्याएको भन्दै अदालतमा पेश गरेको थिएन। कुनै पनि व्यक्तिलाई पक्राउ गरेपछि प्रहरीले ती व्यक्तिलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनुपर्ने कानुनी व्यवस्था छ।

कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको भन्दै भिडिओ कलमार्फत् कसैले देखाएको अपुष्ट ‘प्रमाण’ प्रसाईंले सार्वजनिक गरेका थिए।

प्रहरीले उनको घरबाट ३ वटा ल्यापटप र ९ मोबाइल पनि बरामद गरेको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय