back to top
23.1 C
Kathmandu
Monday, May 19, 2025

विद्यालयमा शिक्षक अभाव: विद्यार्थीहरूले तालाबन्दी गर्दै विरोध प्रदर्शन

नवल यादव । वीरगंज, । नगवा स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरूले विद्यालयमा तालाबन्दी गर्दै गेटअगाडि आगो बालेर विरोध प्रदर्शन गरेका छन्।

विद्यार्थीहरूले विद्यालयमा शिक्षकको अभावका कारण पठनपाठन ठप्प भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। विशेष गरी अकाउन्ट विषयका शिक्षकको अनुपस्थितिले उनीहरूको पढाइमा बाधा पुगेको कारण विरोध गर्न बाध्य भएको उनीहरूको भनाइ छ।

विद्यालयका प्रधानाध्यापकले महानगरपालिकाको शिक्षा शाखासँग शिक्षक आपूर्तिका लागि पटकपटक माग गर्दा पनि शिक्षा शाखाले आलटाल गरेको आरोप विद्यार्थीहरूले लगाएका छन्। विद्यार्थीहरूको भनाइमा यसले उनीहरूको शैक्षिक भविष्यमा नकारात्मक प्रभाव पर्न सक्ने खतरा रहेको छ।

विरोधका क्रममा वीरगंज वडा नं. १६ का वडा अध्यक्ष पर्शुराम चौरसियाले भोलिबाट अकाउन्ट विषयका शिक्षक व्यवस्था गरी पठनपाठन नियमित गराउने आश्वासन दिएपछि विद्यार्थीहरूले आन्दोलन स्थगित गरेका छन्।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय