back to top
12.1 C
Kathmandu
Monday, December 23, 2024

रास्वपा का सभापति रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगिए

रास्वपा का सभापति रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगिएको छ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन आरोपमा अनुसन्धानमा रहेका लामिछानेलाई रुपन्देहीमा बयान सकेर पोखरा लगिएको हो।

उनलाई यति एयरको विमानमार्फत साढे एक बजे पोखरा लगिएको प्रहरीले जनाएको छ।

लामिछानेलाई आजै बिहान बुद्ध यएरको विमानबाट कास्की लगिने तयारी भए पनि एयरपोर्ट नखुलेका कारण राेकिएका थिए। विमानस्थल खुल्नेसँगै उनलाई यति यएरमार्फत पोखरा लगिएको हाे।

कात्तिक २ गते पक्राउ गरी कास्की प्रहरीकाे हिरासतमा राखिएका रविलाई मंगलबार हवाई जहाजमार्फत भैरहवा हुँदै रुपन्देही लगिएकाे थियाे।

पाेखराकाे सूर्यदर्शन सहकारीसँगै रुपन्देहीकाे सुप्रिम सहकारीकाे पनि रकम अपचलन गरेकाे आराेपमा अनुसन्धान गर्न रविलाई लगिएकाे हाे।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय