back to top
12.1 C
Kathmandu
Monday, December 23, 2024

नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन : बलेन शाह

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेताहरूले देश नै बेच्न लागिसकेको भन्दै काठमाडौं महानगरपालिका भने बिक्री हुन नदिने बताएका छन्। आफूले गर्न लागेका काममा असहयोग र अवरोध गरेको भन्दै उनले शुक्रबार बिहान सामाजिक सञ्जालमा आक्रोश पोखेका हुन्।

‘नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन’, उनले लेखेका छन्, ‘तपाईँहरुले पुरै देश नै बेच्नुभो भने पनि, काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ।’

नेपवेस्ट नामको निजी कम्पनीले महानगरको फोहोर व्यवस्थापनमा अवरोध गरेको र त्यसलाई राजनीतिक नेतृत्वले सहयोग पुर् याएको भन्दै उनले अदालतको आदेशबाट त्यो अवरोध हटेको बताएका छन्। उनले अब पनि महानगरको काममा अवरोध पुर् याउने प्रयास हुने आशंका व्यक्त गरेका छन्। साहले फोहोरमा राजनीति गर्ने दिन सकिएको भन्दै राजनीतिक दाउपेच छाडेर महानगरको कार्यमा सहयोगी बन्न आग्रह गरेका छन्।

‘सम्मानित अदालतले यो अधिकार काठमाण्डौ महानगरमै निहित रहेको भन्ने आदेश दिएपछि काठमाण्डौको फोहोर व्यवस्थापनमा रहेको एकखालको अवरोध पाखा लागेको छ। फोहोरको दिगो व्यवस्थापनमा हामी एक कदम अगाडि बढेका छौँ’, उनले भनेका छन्, ‘अवरोध, हस्तक्षेप र राजनीतिका खराब दाउपेच अझै पनि हुन सक्छन्। तर हामी रोकिने छैनौँ। फोहोरमा राजनीति गर्ने र गराउने दिन सकिएको पुन: जानकारी गराउँछौँ। यसैले सबै किसिमका दाउपेच छोडेर, राजनीतिक पूर्वाग्रह त्यागेर महानगरको काममा सहयोगी बन्न आग्रह गर्दछौँ।’

उनले काठमाडौंको फोहोर व्यवस्थापनको दिगो समाधन रहेको दाबी गरेका छन्। समस्या समाधानको बाटोमा आफू कसैसँग नझुक्ने उनले बताएका छन्। ‘हामी स्पष्ट छौँ, काठमाण्डौको फोहोरको दिगो समाधान सम्भव छ। यो काठमाण्डौबासीको अधिकारको कुरा हो। हामीले फोहोर थुपारेर बर्षौँदेखि अन्याय गरिरहेको सिस्डोल र बञ्चरे डाँडा लगायत स्थानका पिडितहरूको न्यायको कुरा हो’, उनले भनेका छन्, ‘यो हजारौँको रोजगारी र देशभरको गौरव जोडिएको बिषय हो। हामी समस्या समाधानको बाटोमै छौ अबरोध अझै आउन सक्छन तर यसमा रत्तिभर पनि सम्झौता नगरी अगाडी बड्नेछौँ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय