back to top
12.1 C
Kathmandu
Monday, December 23, 2024

रवि लामिछानेलाई बिहीबार नै प्रहरीले पोखरा फर्काउने

अपरान्ह ४ बजेअगाडि लामिछानेको बयान लिइसकेसर पौने ५ बजेको जहाजबाट उनलाई पोखरा पठाउने तयारी प्रहरीले गरेको रविका सचिवालयका एक नेताले खबरहबलाई बताए ।

कास्कीमै म्याद थप भएकाले उनलाई अड्डासार गरेर रुपन्देही लगिएको थियो । रुपन्देहीमा हुँदा पनि उनको हिरासतको हिसाब कास्कीकै कायम हुन्छ ।

बयान सकिन लागेको खबर आएको छ’, ती नेताले भने, ‘पौने ५ बजेको उडान छ भन्ने कुरा आएको छ । ५ बजेसम्म उहाँ रुपन्देहीबाट उड्नुहोला ।’

सहकारी ठगीसम्बन्धी कसुरमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवामा तीन दिनदेखि बयान जारी छ ।

यही कात्तिक २५ गते जिल्ला अदालत कास्कीले पूर्व गृहमन्त्रीसमेत रहेका रविलाई सहकारी ठगीसम्बन्धीसहितका प्रकरणमा अनुसन्धान गर्न थप १३ दिन म्याद दिएको थियो ।

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना अभियोगमा जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएका पूर्व गृहमन्त्री लामिछानेलाई तीन दिन अगाडि सदरमुकाम भैरहवास्थित सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो ।

रविलाई पछिल्लो पटक कात्तिक २५ मा चौथो पटक कास्कीमा म्याद थपिएको थियो। कात्तिक २ गते पक्राउ परेका उनलाई कात्तिक ४ गते पहिलो पटक ६ दिन, कात्तिक ८ गते ७ दिन र कात्तिक २० गते कात्तिक १५ गतेबाट लागू हुनेगरी १० दिन म्याद थपिएको थियो।

कात्तिक २० गते थपिएको म्याद सकिएपछि न्यायाधीश नवराज दाहालको इजलासले कात्तिक २५ गते १३ दिन म्याद थप गर्न आदेश दिएका थिए ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय