back to top
12.1 C
Kathmandu
Monday, December 23, 2024

डाइग्नोस्टिक सेन्टरको शौचालयमा शिशु जन्माएर फरार भएकी महिला पक्राउ

गोलधापस्थित द नेपाल हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरको शौचालयमा शिशु जन्माएर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ । उनी बिर्तामोड –१० को भएको बताइएको छ ।

सीसीटीभी फुटेजका आधारमा ती महिलाको पहिचान गरिएको हो । मृत शिशुको पोस्टमार्टम भइ नसकेकाले ती महिलालाई प्रहरीले निगरानीमा राखेको छ । पोस्टमार्टम रिपोर्ट आइसकेपछि उनीमाथि कार्वाही गर्ने जनाइएको छ ।

शनिवार दिउँसो २ः३० बजेतिर क्लिनिकको शौचालयमा मृत शिशु फेला परेको थियो ।

ती महिला पेट दुखेर अस्पतालमा आएको र शौचालयभित्र शिशु जन्माएर फरार भएको पाइएको प्रहरीले जनाएको छ । ती महिलाको श्रीमान वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको बताइएकाे छ ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय