back to top
9.1 C
Kathmandu
Monday, December 23, 2024

नेपाल विद्युत् प्राधिकरणले विद्युत बक्यौता तिन उद्योगीलाई मंसिर १२ गतेभित्र बक्यौता तिर्न भने

नेपाल विद्युत् प्राधिकरणले विद्युत बक्यौता तिन उद्योगीलाई ताकेता गरेको छ । प्राधिकरणले सूचनानै निकालेर मंसिर १२ गतेभित्र बक्यौता तिर्न भनेको छ । दिएको १५ दिने समयसीमा मंसिर १२ मा सकिँदैछ ।

मन्त्रिपरिषदको कात्तिक २५ गतेको बैठक र नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको कात्तिक २७ गतेको ९८७ औँ बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको थियो ।

सोही निर्णयअनुसार २०७२ माघदेखि २०७५ वैशाखसम्मको टीओडी मिटरमा रेकर्ड भएको डिमाण्ड तथा टी वान, टी टु र टी थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल अनुसार बक्यौता बुझाउन प्राधिकरणले भनेको छ ।

मंसिर १२ गते भित्र बक्यौता महसुल नबुझाएमा नियमानुसार अघि बढ्ने चेतावनी प्राधिकरणले दिएको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय