back to top
9.1 C
Kathmandu
Monday, December 23, 2024

सरकारले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने तयारी

सरकारले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने तयारी थालेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई अर्को स्पष्टीकरण पनि सोधेको पाइएको छ ।

कात्तिक १३ गते एक साताभित्र बुझाउने गरी ऊर्जा सचिव सुरेश अधिकारीले घिसिङलाई स्पष्टीकरण सोधेका हुन् । डेडिकेटेड फिडर तथा ट्रंकलाइनका विषयमा पछिल्लो तीन महिनामा गरेको कामको विवरणसहितको ६ बुँदे स्पष्टीकरण मागिएको छ ।

ऊर्जा मन्त्री दीपक खड्का उद्योगहरुमा लाइन नकाटी डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवाद समाधान गर्ने तयारीमा थिए । तर कुलमानले एग्रेसिभ भएर लाइन काटेपछि उनलाई ६ बुँदे स्पष्टीकरण सोधिएको स्रोतको भनाइ छ।

ऊर्जा मन्त्री दीपक खड्काले यस अघि नै १५ बुँदे विवरण मागिसकेका छन् । असोज २३ गते १५ बुदे विवरण मागिएको हो । १५ बुदे विवरण नबुझाएपछि ६ बुदे स्पष्टीकरण सोधिएको हो । उनले दशै,तिहार र छठको विदाका कारण नभ्याएको भन्दै उनले स्पष्टीकरण बुझाएका छैनन् ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय