आज प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । आज अपराह्न सवा १२ बजे बस्ने गरी बैठक बोलाइएको छ ।
सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बैठक बस्ने बताइएको छ । आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाइ संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने भएको छ ।