प्रहरीले पक्राउ गरी सार्वजनिक गरिएका यादव कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालत सुनसरीबाट अपराधी ठहर भएका थिए।
अदालतको फैसला बमोजिम २० वर्ष ८ महिना १४ दिनको सजाय कैद भुक्तानीका क्रममा झुम्का कारागारमा रहँदा उनी २०६९।०७।२३ गते सुरुङ खनेर भागेका थिए।
झुम्का कारागारबाट भागेका विनायकलाई केहि समयपछि सप्तरी प्रहरीले गोबरगाढाबाट पक्राउ गरेको थियो।
यद्यपि कैद भुक्तानका लागि सिन्धुपाल्चोक कारागारमा राखिएका उनी भूकम्प गएको मौका छोपी २०७२।१।१२ गते भागेका थिए।
छठ मनाउन भारतको विहार हुँदै नेपाल आउँदै गरेको सूचनाको आधारमा सुनसरीको कोशी गाउँपालिका-८ बाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले पक्राउको क्रममा भाग्न खोजेकाले उनलाई नियन्त्रणमा लिन गोली फायर गर्नुपरेको बताए।