back to top
16.1 C
Kathmandu
Monday, April 14, 2025

छठ पर्वका लागि जनकपुरधाममा मात्र ५ करोड बराबरको केरा आयात

छठ पर्वका लागि जनकपुरधाममा मात्र पाँच करोड बराबरको केरा भारतबाट आयात गरिएको छ। छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ।

जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले छठ पर्वमा सिंगै केराको घरी नै भगवानलाई अर्घका रूपमा चढाउने हुँदा माग उच्च हुने र स्थानीय उत्पादनले नधान्ने भएकाले हरेक वर्ष आयात गर्नुपर्ने बाध्यता रहेको बताए।

उनले अघिल्लो वर्ष करिब चार करोडभन्दा बढीको केरा भित्र्याइएकामा यसवर्ष करिब रु पाँच करोड बराबरका ८५ ट्रक केरा भित्र्याइएको जानकारी दिए।

जनकपुरधाममा गोपाल र वंशीभोग केरा नेपालको सप्तरीस्थित भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ। मालभोग, मिरिचमान, चिनी चम्पा केरा भारतको आसाम, गोहाटी, बंगाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिए। छठ पर्वसँगै अघिल्लो वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले केराको मूल्य बढेको उनले बताए।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय