back to top
14.1 C
Kathmandu
Tuesday, December 24, 2024

आज साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषदको बैठक बोलाइएको छ ।

बैठकमा ट्रङ्कलाइन र डेडिकेटेड विद्युत सम्बन्धी विवाद लगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गर्दछ । हिजो सोमबार प्रधानमन्त्रीको व्यस्तताले मन्त्रिपरिषदको बैठक नराखिएको उनको सचिवालयले जनाएको छ ।

साथै आजको बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमणका बारेमा पनि छलफल हुने जनाइएको छ। प्रधानमन्त्री ओली मंसिरको पहिलो साता चीन भ्रमणमा जाने तयारी छ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय