back to top
21.9 C
Kathmandu
Tuesday, May 20, 2025

सन नेपाल लाइफ इन्स्योरेन्स द्वारा मार्केटिङ्ग म्यानेजर इन्स्टलेसन कार्यक्रम सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्सले आश्विन मसान्तसम्म नियुक्त हुने मार्केटिङ्ग मेनेजरहरुलाई ग्राण्ड होटेल पोखरामा २०८१ कात्र्तिक ९ र १० गते १ रात २ दिनको मार्केटिङ्ग म्यानेजर इन्स्टलेसन प्रोग्राम टाइटल को ग्राण्ड कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री राजकुमार अर्याल, प्रमुख बजार अधिकृत श्री गणेश चौलागाइ, ट्रेनर तथा लाइफ कोच श्री रविन कटुवाल लगायत प्रदेश प्रमुख तथा विभिन्न शाखा प्रमुखहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा देशैभरबाट ५०० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

कार्यक्रममा कम्पनीको ब्राण्ड एम्बेसडर कुञ्जना घिमिरे(सुन्तली) ले अभिकर्ता मार्फत सामाजिक रुपमा सेवा प्रदान गराउँदै ब्यवसायिक रुपमा अर्थाेपार्जन गर्न सकिने बताउनुभएको र महिलाहरुले गृहिणीको रुपमा मात्र सिमित नरही ब्यवसायिक रुपमा अभिकर्ता मार्फत र आत्मनिर्भर र सामाजिक रुपान्तरण गर्न आग्रह गर्नुभएको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री राजकुमार अर्यालज्यूले यस डिजिटल युगमा डिजिटल साक्षरताको महत्त्वबारे चर्चा गर्नुभयो । उहाँले यस प्रतिस्पर्धात्मक युगमा डिजिटलाइजेसनले अभिकर्ताहरुलाई सफल बनाउन कसरी मद्दत गर्न सक्छ भन्ने कुरामा मार्ग दर्शन पनि दिनुभयो। साथै, उहाँले आफ्ना अभिकर्ताज्यु हरुलाई अझ राम्रो कार्य सम्पादन गर्न र ग्राहकलाई सुरक्षित जीवनको प्रत्याभूति दिलाउन नवीनतम योजनाहरु ल्याउन काम गरिरहेको जानकारी दिनुभयो ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय