back to top
18.3 C
Kathmandu
Tuesday, May 20, 2025

मुनलाईट हाइड्रोपावर कम्पनी साधारण शेयरको लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती

लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडले मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने रु.१००/- अंकित दरका रु.१,७६१,००५,०००/-रकम बराबरको १,७६,१०,०५० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र मुनलाईट हाइड्रोपावरकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनन्त कार्कीले हस्ताक्षर गर्नुभएको छ । मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपािलकामा रहेका २२.१४ मेगावाट क्षमताको बलेफी—ए जलबिद्युत आयोजना निर्माणाधिन गरी हाल ७० प्रतिशत भन्दा बढि कार्य सम्पन्न भईसकेको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय