back to top
16.1 C
Kathmandu
Wednesday, December 25, 2024

स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न : विष्णुप्रसाद पौडेल

मंगलवार अन्ताराष्ट्रिय ट्रेड युनियन महासंघको २६ औं क्षेत्रीय परिषद्को उद्घाटन समारोहमा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले यस्तो बताएका छन्। उनले वर्तमान सरकार मुलुकभित्रै औद्योगिक वातावरण तयार गरी वैदेशिक र निजी लगानी आकर्षित गर्ने योजनामा रहेको बताए। उनले औद्योगिक क्षेत्रमा वैदेशिक र निजी लगानी वृद्धि भएमा स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न सकिने उल्लेख गरे।

उनले नेपालको सन्दर्भमा श्रमिकलाई सबैभन्दा बढी आवश्यकता, प्रभावकारी सामाजिक सुरक्षाको व्यवस्था रहेको बताए। उनले सामाजिक सुरक्षालाई मात्रै प्रभावकारी रूपमा श्रमिकको सम्मानपूर्ण जीवन बाँच्न र सुरक्षित भविष्य सुनिश्चित गर्न सकिने बताए।

उनले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाको अवधारणालाई कार्यान्वयनमा ल्याएको भन्दै यो श्रमिक हितका लागि कोसेढुङ्गा बन्न पुगेको बताए। उनले सामाजिक सुरक्षाको पहुँच बढाउँ थप प्रभावकारी बनाउनु आजको आवश्यकता भएको बताए। उनले समाजिक सुरक्षालाई प्रभावकारी कार्यान्वयनमा ट्रेड युनियनले प्रभावकारी भूमिका खेल्न आवश्यक रहेको बताए।

उनले असल औद्योगिक वातावरण तयार गर्न ट्रेड युनियनकर्मीको भूमिका महत्त्वपूर्ण रहेको बताए। अर्थमन्त्री पौडेलले वर्तमान सरकार श्रमिक र उद्यमी व्यवसायीहरूबीच सुमधुर सम्बन्ध कायम गर्दै व्यवस्थापनमा श्रमिकको सहभागितालाई प्रोसाहन गर्ने नीति लिएको बताए। उनले श्रम सम्बन्ध सुधारका लागि श्रमसम्बन्ध समितिको व्यवस्था गरी औद्योगिक वातावरण निर्माणमा सरकार केन्द्रित रहेको उल्लेख गरे।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय