back to top
18.8 C
Kathmandu
Tuesday, May 20, 2025

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. प्रदीप ज्ञवाली नियुक्त

बुधबार बसेको मन्त्रिपरिषद बैठकले डा. ज्ञवालीलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।  बागमती प्रदेश सरकारले हेटौँडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. प्रदीप ज्ञवालीलाई नियुक्त गरेको छ।

डा. ज्ञवाली शिक्षण अस्पतालअन्तर्गतको उक्त क्याम्पसको अनुसन्धान शाखाको प्रमुखसमेत हुन् । उनले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिव समेत भएर काम गरिसकेका छन्।

प्रदेशको सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको सिफारिस र स्वास्थ्य मन्त्री किरण थापाको सहमतिमा डा. ज्ञवालीलाई उपकुलपतिमा नियुक्त गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए।

प्रदेशको स्वास्थ्यमन्त्री थापाको संयोजकत्वमा रहेको सिफारिस समितिले डा. ज्ञवालीसहित डा. हरिबहादुर खड्का र डा. सुजन मानन्धरलाई उपकुलपति नियुक्तिका लागि सिफारिस गरेको थियो। गत १५ साउनदेखि रिक्त रहेको उक्त पदमा प्रदेश सरकारले दुई महिनापछि डा. ज्ञवालीलाई नियुक्त गरेको हो।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय