back to top
16.1 C
Kathmandu
Tuesday, April 8, 2025

तारा एयरले पहिलोपटक जनकपुरबाट लुक्ला सीधा उडान सुरु

तारा एयरले पहिलोपटक जनकपुरबाट लुक्ला सीधा उडान सुरु गरेको हो। तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार, काठमाडौँको हवाई चापका कारण काठमाडौंबाट उडान अनुमति पाउन गाह्रो भएकोले यात्रुलाई जनकपुरबाट लुक्ला पुर्याउने योजना सुरु गरिएको हो।

यस सेवा अन्तर्गत काठमाडौंबाट सिधै लुक्ला उडानको सट्टा यात्रुलाई जनकपुरको वैकल्पिक मार्गबाट यात्रा गराउँदै पर्वतीय क्षेत्रका पर्यटकलाई सहज बनाउने लक्ष्य तारा एयरले लिएको छ।

जनकपुरबाट उडानको लागि तारा एयरले यति एयरलाइन्ससँग सहकार्य गरेको छ। यति एयरले यात्रुलाई काठमाडौंबाट जनकपुर पुर्याएपछि तारा एयरले जनकपुरबाट लुक्लामा उडान सेवा उपलब्ध गराएको हो। तारा एयरले पहिलो दिन ३५ यात्रुलाई लुक्ला पुर्याएको छ भने लुक्लाबाट १०५ यात्रुलाई जनकपुरमा ल्याएको बताइएको छ।

पहिलो दिनमै एयरले ७ वटा उडान सफलतापूर्वक सम्पन्न गरेको छ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय