back to top
19.1 C
Kathmandu
Tuesday, April 8, 2025

पूर्वडिआईजी छविलाल जोशीलाई हिरासतमा राख्न ७ दिन म्याद थप भए

आइतबार काठमाडौँबाट पक्राउ परेका जोशीलाई त्यही राति पोखरा ल्याइएको थियो। सोमबार जिल्ला अदालत कास्कीले ५ दिन थुनामा राख्न आदेश दिएको थियो। दुई दिन मात्रै प्रहरीले सरकारी वकिलको कार्यालयमा बयान लिएको छ। त्यसपछि उनले स्वास्थ्यमा समस्या देखिएको भन्दै बयान दिएका छैनन्।

जिल्ला अदालत कास्कीले ७ दिन हिरासतमा राखेर म्याद अनुसन्धान गर्न म्याद थपेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहनकुमार थापाले बताए। सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलनमा संग्लन भएका पूर्वडिआईजी छविलाल जोशीलाई हिरासतमा राख्न म्याद थप भएको छ।

उनलाई ब्रोंकाइटिस भएपछि बयान रोकिएको एसपी थापाले बताए। उनलाई औषध सेवन गराएर हिरासतमै राखिएको थियो।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय