back to top
26.1 C
Kathmandu
Monday, April 7, 2025

नारायणगढ मुग्लिन सडकखण्डमा आज रातीदेखि सवारी साधन चलाउन रोक

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नारायणगढ मुग्लिन सडकखण्डमा आज रातीदेखि सवारी साधन चलाउन रोक लगाएको छ ।

यस निर्णय अनुसार नारायणगढ मुग्लिन सडकखण्डमा आज राती ७ बजेदेखि भोली विहान ५ बजेसम्म कुनै पनि सवारी साधन चलाउन पाइने छैन । अविरल बर्षाका कारणले पहिरो जानसक्ने र त्यसले मानवीय तथा भौतिक क्षति गर्न सक्ने भएकोले सडक बन्द गर्न लागिएको हो ।

जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार अत्यावश्यक सवारी भने सञ्चालन हुनेछन् ।

भारी वर्षाका कारण विपदका घटना बढ्न सक्ने भन्दै यस्तो निर्णय गरेको हो ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय