back to top
17.1 C
Kathmandu
Monday, December 23, 2024

पकहा मैनपुर गाउँपालिकाको १२औ गाउँसभा सम्पन्न ३९ करोड ३९लाखको बजेट प्रसृतुत

रामजी यादव १०आश्विन पर्सा#पकहा मैनपुर गाउँपालिकाको १२औ गाउँसभा आज सम्पन्न भएको छ।पकहा मैनपुर गाउँपालिकाको १२औ गाउँसभाको निति तथा कार्यक्रममा ३९ करोड ३९ लाख सामाजिक सुरक्षा भत्ता सहितको बजेट प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले प्रस्तुत गर्नु भयो।

प्रमुख प्रशासकीय अधिकृत साहले बजेट प्रस्तुतिकरणमा कृषी सम्बन्धी खेतीपातीमा प्रयोग हुने उपकरण तथा बिउविजन किसानहरु सहजरुपमा उपलब्ध गराईने,शिक्षामा बिधार्थीहरुको अनुपातमा बिषयगत शिक्षकको ब्यवस्था मिलाइने,तथा स्वास्थ्यचौकीहरुमा स्वास्थयकर्मीको चेकजाँचमा लाग्ने उपकरणहरु तथा निशुल्क औषधीहरु प्रयाप्त मात्रामा उपलब्ध गराइनेछ।पकहा मैनपुर गाउँपालिकाको यसपालीको गाउँसभा ढिलो भएपनि मर्यादित र सभ्य वाताबरणमा निती तथा कार्यक्रम प्रस्तुत गरि गाउँसभा सम्पन्न भएको हो।

पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश प्रसादको अध्यक्षतामा भएको गाउँसभाको निती तथा कार्यक्रमको बिशिष्ट अतिथीमा गाउँपालिका उपाध्यक्ष सरफुन नेशा,प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह,अतिथी लक्ष्मण प्रसाद कुर्मी,हरि प्रसाद चौहान,सिन्धु मेहता , वडानं १का वडाध्यक्ष बिनोद मेहता , वडानं २का वडाध्यक्ष मुकुट प्रसाद चौहान,वडानं.३का वडाध्यक्ष संजय प्रसाद चौहान, वडा नं ४का वडाध्यक्ष ढोडी यादव,वडानं.५बलिराम प्रसाद बरै,सुचना प्रबिधी शाखा अधिकृत जयप्रकाश यादव,जिन्सी प्रशासन शाखा प्रमुख शत्रुधन गिरी,लेखा शाखा प्रमुख निरंजन प्रसाद पटेल लगायत प्रहरी चौकी प्रसौनीका प्रहरी नायब निरिक्षक रामबाबु यादव,प्रहरी चौकी वोलेका सहायक प्रहरी निरीक्षक संजय यादव लगायत सुरक्षाकर्मी तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय