back to top
25.1 C
Kathmandu
Thursday, April 17, 2025

शंकर पोखरेलले रवि लामिछानेले अनुसन्धानलाई रोक्ने गतिविधि काम गरिहेको आरोप लगाए

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व गृहमन्त्री रवि लामिछानेले अनुसन्धानलाई प्रभावित पार्ने काम गरिहेको आरोप लगाएका छन् । धनगढीमा प्रेस चौतारी, नेपालले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले सहकारी प्रकरणको अनुसन्धानमा लामिछानेले गलत प्रचार गरेको र अनुसन्धान प्रभावित पार्ने काम गरेको बताए ।

 ‘अनुसन्धानलाई रोक्ने गतिविधि भइरहेका छन्। यो कानुनी राज्यमाथिको उपास हो, कुनै पनि विषयमा अभियोग लाग्दा अनुसन्धानको विषयमा सहयोग गर्नुपर्छ। अनुसन्धानको विषयबाट भाग्ने कुरा उचित होइन।’–पोखरेलले भने ।
लामिछानेले अनुसन्धानलाई निसर्त सहयोग गर्नुपर्ने पोखरेलको भनाई छ ।

फरक प्रसङ्गमा सत्ताबाट बाहिरिनुपर्दा प्रचण्डमा आएको छटपटीले राष्ट्रिय राजनीतिलाई तनावपूर्ण बनाएको टिप्पणी गरेका छन् ।सत्ता गुमाएको कुण्ठामा माओवादीले संसद अवरुद्ध गरेको समेत बताए । ‘सरकार गठन भएको १०० दिन नपुग्दै उहाँले संसदमा जुन अभिव्यक्ति दिनुभयो, त्यो पूर्णत असंसदीय र अराजनीतिक थियो’, उनले भने, ‘त्यही अभिव्यक्तिका कारण संसदभित्रै गतिरोध उत्पन्न भयो ।’

माओवादी द्वन्द्वकालमा भएको हिंसाको आलोचना गर्दा हिंसा शब्द असंसदीय हो भनेर माओवादीले संसद रोकेको उनले बताए । तर माओवादी द्वन्द्वकालमा हिंसा मात्र भएन, राष्ट्रमा आतंक सिर्जना गर्ने काम भएको उनले बताए ।

यद्यपि माओवादी कार्यकर्ताको वलिदान समाजको परिवर्तनका लागि भएको र त्यसको आफूहरुले प्रशंसा नै गर्ने गरेको उनले बताए ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय