back to top
18.8 C
Kathmandu
Tuesday, May 20, 2025

त्रिभुवन विश्वविद्यालयले परीक्षामा एआई को प्रयोग गरेको पाइएमा परीक्षा रद्द गर्ने

त्रिभुवन विश्वविद्यालयले परीक्षामा एआई (आर्टिफिसियल इन्टेलिजेन्सी) को प्रयोग गरेको पाइएमा परीक्षा रद्द गर्ने निर्णय गरेको छ । त्रिविबाट सञ्चालन हुने जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।

असोज ७ गते बसेको त्रिवि परीक्षा सुधार समितिको बैठकले परीक्षामा एआईको प्रयोग गरेको भेटिएको भन्दै त्यसलाई निरुत्साहित गर्न कारबाही गर्ने निर्णय गरेको हो । त्रिवि शिक्षाध्यक्ष प्राडा खड्क केसीले पछिल्लो समयमा उत्तर पुस्तिकाको परीक्षण गर्ने क्रममा धेरैमा उस्तै उस्तै उत्तर भेटिने गरेको बताए ।‘पछिल्लो समय उत्तरपुस्तिकाम जाँच्दा देरी धेरै सिमिलारिटी केसहरू भेटियो । यतिसम्म कि गणित विषयमा समेत उत्तर मिलेको छ, माथिको व्याख्या अक्षरमा आयो,’ केसीले भने । बैठकमा लामो समयदेखि उत्तर पुस्तिका जाच्दै आएका प्रोफेसरहरूले आफ्नो अनुभव समेत व्यक्त गरेका थिए ।

त्यही क्रममा उनीहरूले पछिल्लो समय यस्तो खालको समस्या देखिने गरेको बताएका थिए । चोरेर पास हुन खोज्नेलाई दण्डको बाटोबाट अघि बढ्न लागिएको उनको भनाइ छ ।हाल परीक्षाफलमा मोबाइल फोन तथा इलेक्ट्रिोनिक डिभाइसहरू लैजान प्रतिबन्ध छ । तरपनि कतिपय ठाउँमा धेरै विद्यार्थीको एउटै उत्तर भेटिने, एआईको प्रयोग गरे उत्तर लेख्ने गरेको पाइएको छ । यसका लागि विश्वविद्यालयले आधिकारिक रूपमा नै डिस्करेज गर्न आह्वान गरेको उनको भनाइ छ ।यतिसम्म कि टर्म पेपरमा समेत एआईको प्रयोग गरेको पाइन्छ । एमफिल तथा पिएचडीका विद्यार्थीहरूले च्याट जिपिटीको प्रयोग गरेर लेख्ने गरेको पाइएको बताए ।यस्तो प्रवृतिको अन्त्य गर्नका लागि उक्त निर्णय गरिएको उनको भनाइ छ । त्यसका लागि उत्तर पुस्तिका जाँच्ने बेलामा स्याम्पलिङ गर्ने र त्यो क्रममा पाँच जना भन्दा बढीको उस्ता उस्तै उत्तर आयो भने के गर्ने भन्ने विषयमा नीतिगत निर्णय गरिएको बताए ।

नीतिगत निर्णय गरेपछि त्यसकारण खारेज गर्ने बाटो खुलेको उनको भनाइ छ । परिस्थितिजन्य सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको बताए । एआईको प्रयोगबारे पत्ता लगाउनका लागि सबैभन्दा पहिला सम्बन्धित विषयको प्राध्यापकले स्याम्पलिङ टेष्ट गर्नेछन् ।

‘उत्तर पुस्तिका जाँच्ने बेला मुचुल्का गरिन्छ । उत्तर पुस्तिकाको पोकोमा स्याम्पलिङ गरिन्छ । त्यो स्याम्पलिङ गर्दा १० वटा कापीको नमुना हेरिन्छ । त्यसमा बुकमा भएको, आफ्नो व्यक्तिगत रूपमा ज्ञान प्रयोग गरेर लेखेको र मसिनले लेखेको कुरा फरक आइहाल्छ,’ केसीले भने ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय