संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन गएको प्रधानमन्त्री केपी शर्मा ओेली नेतृत्त्वको नेपाली प्रतिधिमण्डलमा सहभागी डा राणाले न्युयोर्कमा प्रधानमन्त्री ओेली र भारतीय प्रधानमन्त्री मोदीबीच आज भएको भेटवार्तापछि यो जानकारी दिएकी हुन्। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छिट्टै नेपाल भ्रमणमा आउने बताएकी छन्।
प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी मोदीबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित न्युयोर्क प्यालेस होटलमा भेटवार्ता भएको हो।
भेटमा सहभागी परराष्ट्रमन्त्री डा राणाले भेटवार्ता सौहार्द्रपूर्ण भएको र भारतीय प्रधानमन्त्री मोदी चाँडै नेपाल भ्रमणमा आउने जानकारी दिइन्।