back to top
24.8 C
Kathmandu
Tuesday, May 20, 2025

नेपाल लाइफ इन्स्योरेन्स द्वारा अभिकर्ता रिफ्रेसमेन्ट ट्रेनिङग तथा मोटिभेसन्ल कार्यक्रमको आयोजना

रामजी यादव ५आश्विन पर्सा/ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता रिफ्रेसमेन्ट ट्रेनिङग तथा मोटिभेसन्ल कार्यक्रमको आयोजना गरि डायमण्ड रिर्सोट होटल बीरगंजमा सम्पन्न गरेको छ।नेपाल लाइफ इन्स्योरेन्स क.लि.बीरगंज शाखाका बरिष्ठ सिनियर एजेन्सी मैनेजर अम्बिका साह तेली अन्तर्गतका सम्पुर्ण एजेन्सी मैनेजर तथा बि.सी परिवारको आयोजनामा भएको कार्यक्रममा नेपाल लाईफ इन्स्योरेन्स क.लि.को बिभिन्न बिमा योजनाको सुबिधाको बारेमा सिनियर अम्बिका साहले जानकारी गराएका थिए।नेपाल लाइफ इन्स्योरेन्स क.लि.को चर्चित जिवन सहारा बिमा योजना, केटाकेटी सुनौलो भबिष्य बिमा योजना, जिवन सारथी बिमा योजनाको बारेमा अभिकर्ता तथा बि.सीहरुलाई मोटिभेसन्ल कार्यक्रम द्वारा प्रदेश क्षेत्रिय प्रमुख दशरथ झाले जानकारी गराएका थिए।

नेपाल लाईफ इन्स्योरेन्सको अभिकर्ता ब्यवसायिक सुबिधाको बारेमा आयोजक बरिष्ठ सिनियर एजेन्सी मनैजर अम्बिका साहले जानकारी गराए। अभिकर्ता रिफ्रेसमेन्ट ट्रेनिङग तथा मोटिभेसन्ल कार्यक्रमका प्रमुख अतिथिमा नेपाल लाईफ इन्स्योरेन्स क.लि. मधेश प्रदेशका क्षेत्रिय प्रमुख दशरथ झा, बिशिष्ट अतिथी मधेश प्रदेश क्षेत्रिय कार्यालयका कम्प्युटर अपरेटर प्रकाश प्रबिन,अतिथी बीरगंज शाखा प्रमुख चिरञ्जिवी मिश्रा, बरिष्ठ एजेन्सी मैनेजर नरेश पटेल,उमेश साह,श्रीराम,लगायत पर्सा बारा र रौतहट नेपाल लाईफका एजेंसी मैनेजर,बि.सी.अभिकर्ताहरुको उलेख्निय उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण बरिष्ठ एजेन्सी मैनेजर कमल बराल ले गर्नुभएको थियो

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय