भाद्र २९ काठमाडौ/नेपाल देश भक्त युवा शक्ति केन्द्रको वार्षिक कार्यक्रमको उपलक्ष्यमा लायन्स क्लव अफ काठमाण्डु मेरो, लायन्स क्लव अफ काठमाण्डू मेलविन जोन्स, लायन्स क्लब अफ काठमाण्डु सिद्धार्थ गौतम बुद्ध, पाँच कुमारी विकास समिति, द आर्ट अफ लिभिङ काठमाण्डु , समुदायक पहरी ओडा नं १० र ३१ , सहरी स्वस्थ प्रवर्द्धन केन्द्र १० को सामूहिक बृहत रक्त दान कार्यक्रम आयोजना गरियो ।
उक्त कार्यक्रममा समाज डेन्टल हस्पिटल बानेश्वरले दन्त शिविर र होप हस्पिटल सिनामंगलले डायबेटिजको शिविर सञ्चालन गरेको थियो। यस कार्यक्रमको प्रमुख अतिथि माननीय उप प्रधान मन्त्री तथा सहरी विकास मन्त्री प्रकाश मान सिंह ज्यू हुनुहुन्थ्यो उहाँ को स्वस्थको कारण ले गर्दा उहाँको धर्म पत्नी मंगलादेवी फाउन्डेसनका अध्यक्ष सृजना सिंह ज्यूले गर्नु भए को थियो । विशेष अतिथिमा बागमती प्रदेश मन्त्री सुरज चन्द्र लामिछाने ज्यू, पूर्व संस्कृति तथा पर्यटन मन्त्री माननीय दीपेन्द्र श्रेष्ठ, वार्ड नं १० का अध्यक्ष राम कुमार केसी, वार्ड नं ३१ का अध्यक्ष सरोज ढकाल, वार्ड १० का सदस्य नरोज अर्याल, वार्ड न ३१ का सदस्य अशोक केसी,पेट्रोलियम व्यबसाय संघका केन्द्रीय अध्यक्ष लिलेन्द्र प्रधान, यातायात ब्यबसायी संघका अध्यक्ष विजय सुवार, नेपाल विद्यार्थी संघका काठमाडौं जिल्ला सभापति अन्सुल केसी, सुरेन्द्र ढकाल फाउण्डेशनका अध्यक्ष सुरेन्द्र ढकाल, नयाँ बानेश्वर व्यापार व्यावसाइ संघका अध्यक्ष नवीन लुइँटेलज्यू को उपस्थिति थियो ।
नेपाल देश भक्त युवा शक्ति केन्द्रका अध्यक्ष केशव सिलवाल ज्यूले कार्यक्रम एकदमै राम्रो भएको सबैलाई कार्यक्रम सफल बनाउन सहयोग गर्नु भएको मा धन्यबाद दिनु भयो। लायन्स क्लव डिस्ट्रिक ड का गभर्नर सुरेन्द्र प्रकाश बाले र फर्स्ट भाइस डिस्ट्रिक गभर्नर महेश आचार्य ज्यूले कार्यक्रममा आएर कार्यक्रममा सबै जनाको हौसला बढाउनु भएको थियो। लायन्स क्लव अफ काठमाण्डु मेरोका अध्यक्ष विराट प्रकाश मैनाली ज्यूले कार्यक्रमा स्वस्थ शिविर सञ्चालन मा सहयोग गर्नुहुने समाज डेन्टल हस्पिटल र होप हस्पिटल लाई धन्यबाद दिनु भयो । कार्यक्रम लायन्स क्लव अफ काठमाण्डु मेरो का फर्स्ट भाइस प्रेसिडेन्ट संध्या थापाले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा २९७ जनाले सेवाको लाभ उठाएका थिए ।