झापाको बिर्तामोडस्थित गिरीबन्धु टी स्टेटमा प्रेसरकुकर बम जस्तो शंकास्पद वस्तु फेला परेको छ।
कुकरमा तार जोडिएको र बिर्को अलग्गै भएको अवस्थामा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।
प्रहरी घटनास्थलमा पुगिसकेको र अनुसन्धान भइरहेको उनले जानकारी दिए।