back to top
23.1 C
Kathmandu
Thursday, May 22, 2025

बालुवाटारमा तीन शीर्ष नेताबीच भेटवार्ता

बालुवाटारमा तीन शीर्ष नेताबीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो।

सत्तारुढ दलहरुले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरिरहेका बेला भएको भेटलाई अर्थपूर्ण मानिएको छ। माओवादीले सरकारको यो कदमको विरोध गर्दै आइरहेको छ। प्रधानन्यायाधीश नियुक्तिका लागि हिजो संवैधानिक परिषद्को बैठक बोलाइएको थियो। तर राना र प्रचण्डको उपस्थिति निश्चित नरहेको सो बैठक भोलिसम्मका लागि सारिएको थियो।

पार्टीको जिल्लास्तरीय कार्यक्रममा रहेका प्रचण्ड आज बिहान मात्रै काठमाडौं आइपुगेका थिए। ओली र प्रचण्डको कुराकानी भइरहेकै समय देउवा पनि बालुवाटार पुगेका थिए।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय