back to top
18.3 C
Kathmandu
Tuesday, May 20, 2025

नेपाल राष्ट्र बैंकले दशैंका लागि असोज १३ गतेदेखि असोज २२ गतेसम्म सुकिला नोट वितरण गर्ने भए

नेपाल राष्ट्र बैंकले दशैंका लागि आगामी असोज १३ गतेदेखि असोज २२ गतेसम्म सुकिला नोट वितरण गर्ने भएको हो ।

दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयबाट सुकिला नोट सटही गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ। प्रदेश कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

यसका साथै, बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ। ग्राहकले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई नोट सटही गर्न सक्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ।

हरेक वर्ष दशैंका लागि नयाँ नोट बाँड्दै आएको राष्ट्र बैंकले यसपालि नयाँ नोटको साटो सुकिला नोटमात्रै उपलब्ध गराउन लागेको हो ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय