back to top
17.1 C
Kathmandu
Monday, December 23, 2024

नेपालमा गाँजा खेतिको बैधानिकता सम्बन्धि नीति, नियम र व्यवस्थापन बिषमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रमेश लुइँटेल,भाद्र २७ काठमाडौ / नेपालमा गाँजा खेतिको बैधानिकता सम्बन्धि नीति, नियम र व्यवस्थापन बिषमा अन्तरक्रिया कार्यक्रम साफ फल्चा बबरमहलमा सम्पन्न भएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा कृषि मन्त्रालय, कानुन मन्त्रालय, स्वस्थ तथा जनसंख्या मन्त्रालय र गृह मन्त्रालयबाट उपस्तिथि रहनुभएका प्रतिनिधिमण्डलको संयुक्त सहभागीतामा SAP-NEPAL को आयोजनामा नेपाल सरकारका पुर्व सचीव भिम उपाध्याय, काठमाडौ बिश्वबिद्धालयका पाध्यापक तथा बैज्ञानिक डा. पन्ना थापा SAP-NEPAL का अध्यक्ष नरेन्द्र प्रसाद जोशी, सिंहदरबार बैध्यखानाका निर्देशक डा.प्रदिप गिरि कृषक रिगेन्द्र गिरि लगायत अन्य धेरै बिज्ञहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्नुहुदै सम्पुर्ण बिज्ञहरुको यौटै जवाफ गाँजाले बैधानिकता पाउनु पर्छ भन्ने नै थियो ।

विगत केही वर्षदेखि नेपालमा सरकारी निजी तथा गैरसरकारी तह तप्काबाट गाँजा खेतीलाई वैधानिकता मान्यता दिनुपर्ने विषयमा बहस हुँदै आएको छ । गाँजा खेतीलाई वैधानिकता मान्यता दिनुपर्ने भन्दै राजनीतिज्ञ अभियान्ता उद्योग व्यवसायीहरुले पैरवी गर्नुका साथै गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्ने ऐन समेत बनाएर सम्बन्धित निकायलाई हस्तान्तरण गरेको छ औषधि उत्पादन अनुसन्धान तथा वस्तु उत्पादन र औद्योगिक प्रयोजनका लागि गाँजा उपलब्ध गराउन नेपालमा गाँजा खेतीलाई खुल्ला गरी यसको माध्यमबाट कृषकको आर्थिक स्तर बढाउनको लागि गाँजा खेतीलाई नियमन तथा व्यवस्थित गर्ने र गाँजाको गैरकानुनी उत्पादन बिक्री वितरण तथा उपयोगीलाई नियन्त्रण गर्ने उद्देश्यले आवश्यक कानुनी व्यवस्था गर्न संघीय संसदले पनि गाँजा खेती व्यवस्थापन ऐन २०७६ बनाएको छ ।

नेपालका विभिन्न भागमा अहिले पनि अवैधानिक रुपमा औषधि प्रयोजनका लागि गाँजा खेती हुने गरेको जानकारहरू बताउँछन्। गाँजा खेतीलाई कानुनी दायरामा ल्याई व्यवसायिक खेती गरी आर्थिक लाभ लिनुपर्नेमा व्यवसायी तथा अभियन्ताहरुले बताउँदै आएका छन् । गाँजा खेतीमा लागेका प्रतिबन्ध छिटोभन्दा छिटो फुकुवा गरे किसानहरूलाई खेती गर्ने अवसर दिएर रोजगारीको सिर्जना गरेर उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याएर आर्थिक लाभ लिनुपर्ने भनेर पैरवी गर्दै आएका छन् । सन् २०२० को अन्त्यतिर संयुक्त राष्ट्रसङ्घले गाँजालाई औषधिको गुण भएको वनस्पति मान्दै हानिकारक समूहबाट हटाएपछि नेपालमा पनि यस माथिको प्रतिबन्ध फुकुवा गर्ने विषयमा बहस सुरु भएपछि नेपालमा पनि कानुनी प्रतिबन्ध हटाउन संसदमा प्रस्ताव समेत दर्ता भएको छ ।

यही विषयलाई लिएर नेपालमा गाँजा खेतीको वैधानिकता नीति नियम र व्यवस्थापन विषयमा अन्तरक्रिया कार्यक्रम आज साप नेपालले आयोजना गरेको थियो। उक्त कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव समेत रहनुभएका भीम उपाध्यायले भन्नुभएको छ ” म बिगत ६/७ वर्षदेखि यसको अध्ययनमा रहेको छु। नेपालमा गाँजाका लागि प्रयोग गर्ने हो तर कसरी प्रयोग गर्ने? कसरी एक्सपोर्ट गर्ने यो विषय गम्भीर रहेको बताउनु भयो। गाँजा खेतीलाई सहज तरिकाबाट कानुन बनाउँदा नेपाललाई अर्थतन्त्रमा कृषि क्षेत्रबाट ठूलो टेवा पुग्ने उहाँले बताउनुभएको थियो। सम्पूर्ण नेताहरुले यो विषयमा गम्भीर रहेर बहस गर्नुपर्ने पनि उहाँको तर्क छ ।

” त्यसै सिलसिलामा बोल्नुहुँदै नेपाल सरकारका पूर्व कानुन मन्त्री शेरबहादुर तामाङले पनि भन्नुभएको छ। जति समय लागे पनि यो विधेयक पास हुन्छ नेपालको गाँजा संसारको नम्बर वान हो कृषि क्षेत्रलाई अब नयाँ ढङ्गबाट अगाडि बढाउन नसके अब युवाहरू जसरी अहिले हरियो पासपोर्ट रातो पासपोर्ट बोकेर विदेश पलायन भइरहेका छन् त्योभन्दा दोब्बर विदेश पलायन हुने अवस्था आउन सक्ने वहाँको भनाइ रहेको थियो । यसैगरी बोल्ने क्रममा कृषि तथा पशुपक्षी मन्त्रालयबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट गृह मन्त्रालयबाट उपस्थित हुनुभएका प्रतिनिधि मण्डलबाट पनि यही जवाफ आएको थियो । काठमाडौँ विश्वविद्यालयका प्राध्यापक बैज्ञानिक डा. पन्ना थापाले पनि संसारमा सबैभन्दा बढी अनुसन्धान भएको वनस्पति भनेको गाँजा रहेको उहाँले बताउनुभएको थियो। गाँजालाई २०१७ देखि नै त्यसलाई सेडुल नम्बर वानमा राखेको उहाँले बताउनुभयो ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय