back to top
23.1 C
Kathmandu
Thursday, May 22, 2025

स्वास्थ्य बिमा भएका व्यक्तिले जुनसुकै स्वास्थ्य केन्द्रमा उपचार गर्न पाउनु पर्छ : ऋषिकेश पोख्रेल

एमाले सांसद ऋषिकेश पोख्रेलले स्वास्थ्य बिमा भएका व्यक्तिले जुनसुकै स्वास्थ्य केन्द्रमा अनुकूलता अनुसार उपचार गर्न पाउने गरी व्यवस्था गर्नुपर्ने माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले स्वास्थ्य बिमामार्फत देशभर उपचाररत विरामीलाई अनावश्यक दुःख दिने काम भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

‘हरेक पालिकाको स्थास्थ्य केन्द्रमा गएका विरामीले त्यहाँबाट अन्यत्र पठाइदिनुपर्‍यो भन्दै आएका छन्, स्वास्थ्य बिमाका कारण अहिले हजारौँ जनताले दुःख पाइरहेका छन्। यसतर्फ सरकारको ध्यान जान जरुरी छ’, सांसद पोख्रेलले भने।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय