back to top
6.1 C
Kathmandu
Tuesday, December 24, 2024

३ नेताहरूलाई कि राजनीति गर्न, कि पार्टी छाडेर ‘इन्जोय’ गर्न : केपी शर्मा ओली

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महेश बस्नेत, गुलावजंग शाह र ऐन महल गायतका नेताहरूलाई कि राजनीति गर्न, कि पार्टी छाडेर ‘इन्जोय’ गर्न विकल्प दिए ।

पार्टीका नेता कार्यकर्ताहरूमा अनुशासनहीन, चरित्रहीन र नैतिकहीन गतिविधि बढेको भन्दै बस्नेत शाह र महर लगायत नेताहरूलाई कि राजनीति गर्न, कि पार्टी छाडेर ‘इन्जोय’ गर्न विकल्प दिएका हुन् ।

बुधबार सुरु भएर बिहीबार सकिएको एमाले पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले भने, ‘कि राजनीति गर्नुपर्छ, कि इन्जोय रोज्नुपर्छ । दुवै एकै पटक गर्न पाइँदैन एमाले कुनै ढल होइन, आचरणहीन, नैतिकहीन, चरित्रहीन कुरालाई पार्टीले कुनै हालतमा सहँदैन र त्यो व्यक्ति एमाले हुन सम्भव छैन ।

विशेष गरी बस्नेत, शाह र महर यौन प्रकरणमा जोडिएका प्रसङ्गसमेत बाहिर आएका छन् । त्यसबाहेक कतिपय नेता कार्यकर्ता आर्थिक अनुशासनको दायराभन्दा बाहिर गएर गतिविधि गर्ने गरेका गुनासा छन् ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय