back to top
16.1 C
Kathmandu
Monday, December 23, 2024

काठमाण्डौ महानगरपालिकाले पदक विजेता पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरे

ऐतिहासिक पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई काठमाण्डौ महानगरपालिकाले नगदसहित सम्मान गरेको छ ।

महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलले पेरिस पारालिम्पिक्समा कांस्य पदक विजेता पलेशालाई पाँच लाख र प्रशिक्षक कविराज नेगीलाई तीन लाख रुपैयाँसहित सम्मान गर्नुभएको हो । आज बिहान स्वदेश फर्किएकी पलेशालाई यसअघि राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले नगर परिक्रमा गराएको थियो ।

पेरिस पारालिम्पिक्समा पलेशाले के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई हराउँदै ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । ओलम्पिकमा नेपाली खेलाडीले जितेको यो पहिलो पदक हो ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय