back to top
12.1 C
Kathmandu
Monday, December 23, 2024

किन सुरु भयो प्रधानमन्त्री ओलीको फेसबुक पेज अनफलो गर्ने अभियान ?

सामाजिक सञ्जालका विभिन्न माध्यममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमा अनफलो गर्ने अभियान चलेको छ । फेसबुक, टिकटक र एक्स (ट्वीटर) मा हेर्ने हो भने प्रधानमन्त्री ओलीलाई अनफलो गर्ने विषयमा बनेका कैयौं पोस्टर फैलिरहेका छन् ।

केहीले सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘किन अनफलो गर्ने ?’ भन्ने  विषयमा भिडिओ नै बनाएका छन् ।

फलोअर ट्रयाकिङ प्लेटफर्म सोसल ब्लेडका अनुसार मङ्गलबार बेलुकीसम्म ओलीको आधिकारिक फेसबुक पेजमा छ लाख ३२ हजार फलोअर थिए । यो समाचार तयार पार्दासम्म उनको पेजमा फलोअरको सङ्ख्या घटेर पाँच लाख ९६ हजार पुगेको छ ।

सँगसँगै प्रधानमन्त्री ओलीका समर्थकले उनलाई फेसबुक पेजमा फलो गर्ने अभियान पनि चलाएका छन् । जसले गर्दा फलोअरको सङ्ख्या घट्ने र बढ्ने भइरहेको देखिन्छ ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय