back to top
9.1 C
Kathmandu
Tuesday, December 24, 2024

अदालतको फैसलाका कारण नेकपा एमालेका नेताहरू बूढानीलकण्ठ पुगे

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका नेताहरू बूढानीलकण्ठ पुगेका छन् । एमाले नेताहरू देउवा निवास बूढानीलकण्ठ पुगेका हुन् ।

मंगलबार एमाले वाग्मती प्रदेश इन्चार्ज राजन भट्टराई नेतृत्वको टोलीले उपत्यकाका नदी किनारका संरचना हटाउने विषयमा सर्वोच्च अदालतको फैसला र काठमाडौं महानगरको परिपत्रलाई लिएर देउवासँग छलफल गरेको बताइएको छ ।

भेटमा भट्टराईसहित काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेल, काठमाडौं जिल्लाका अध्यक्ष दीपक निरौलालगायत पदाधिकारी सहभागी रहेका थिए ।

जवाफमा देउवाले अदालतको फैसलाका कारण उत्पन्न समस्याका विषयमा सरकार पुनरवलोकनमा जानपर्ने विषयमा सहमति जनाएको बताइएको छ ।

 

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय