back to top
20.1 C
Kathmandu
Wednesday, May 21, 2025

 संसदीय सुनुवाइ समितिमा बुधबार चार प्रस्तावित राजदूतको सुनुवाइ हुने भए

संसदीय सुनुवाइ समितिमा बुधबार चार प्रस्तावित राजदूतको सुनुवाइ हुने भएको छ।

बिहान ११ बजे बस्ने समितिको बैठकमा रुस, दक्षिण अफ्रिका, दक्षिण कोरिया र साउदी अरबका लागि प्रस्तावित राजदूतको सुनुवाइ हुन लागेको हो।

रुसका लागि जङ्गबहादुर चौहान, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, दक्षिण अफ्रिकाका लागि प्रा. डा. कपिलमान श्रेष्ठ र साउदी अरबका लागि नरेशविक्रम ढकालको सुनुवाइ हुने समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन्।

सरकारद्वारा प्रस्तावित १७ राजदूतमध्ये अहिलेसम्म ९ जनाको सुनुवाइ सकिएको छ । सुनुवाइ समितिले नाम अनुमोदन गरिसकेपछि राष्ट्रपतिबाट राजदूत नियुक्ति हुने संवैधानिक व्यवस्था छ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय