back to top
20.1 C
Kathmandu
Wednesday, April 9, 2025

आगामी मंसिर नकट्दै नयाँ सत्ता समीकरण बन्ने संकेत

प्रधानमन्त्री केपी शर्मा ओलीले आफु साढे दुई वर्ष पदमा रहने र त्यसको हप्तादिन अगावै कांग्रेस सभापति शेरबहादुर देउवालाई कुुर्सी सुम्पिने भनी दिन गणना गरिरहेको बताइए पनि आगामी मंसिर नकट्दै नयाँ सत्ता समीकरण बन्ने संकेत देखिएको छ । नयाँ समीकरण बन्दा प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल कांग्रेस नै आउट हुने बताइँदै छ ।

कांग्रेस केन्द्रीय समिति बैठकको ‘गठबन्धन’ शब्दरहितको निर्णय र केही वाह्य एवं आन्तरिक डेभ्लपमेन्टले मंसिर नकट्दै नयाँ सत्ता समीकरणको संकेत गरेको हो । हाल प्रमुख प्रतिपक्षमा रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकट एक नेताले कांग्रेस महासमिति बैठकको निर्णय आउनु अगावै खोलेको गुप्त तथ्यलाई आधार मान्ने हो भने मंसिर नकट्दै नयाँ सत्ता समीकरणको ज्वार उठ्ने पक्का छ ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय