back to top
19.4 C
Kathmandu
Tuesday, May 20, 2025

काँग्रेस केन्द्रीय समितिको बैठकले महामन्त्रीद्वय प्रस्तावहरु परिमार्जनसहित पारित गरे

काँग्रेस केन्द्रीय समितिको बैठकले महामन्त्रीद्वय गगन कुमार थापा र विश्व प्रकाश शर्माको प्रस्तावहरु परिमार्जनसहित पारित गरेको छ ।

बैठकमा  पेचिलो रुपमा उठेको नेतृत्वको ‘एक्जिट पोलिसी’को विषयमा संविधान संशोधन गर्ने समयमा नै निर्णय पुग्ने गरी गरी सहमति जुटेको केन्द्रीय सदस्य अब्दुल सतारले जानकारी दिनुभयो ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्रीद्वय  थापा र शर्माको क्रमस सांगठनिक र समसामयिक राजनीतिक प्रस्तावमाथि छलफल हुँदै आएको थियो ।

काँग्रेसले आशन्न महाधिवेशनको मिति सहितको विषयलाई केन्द्रीय समितिले अगाडि बढाउने,एक्जिट पोलिसी सहितका विषयलाई सम्बोधन गर्नेसहित आवश्यक संशोधन गर्नका लागि विधान मस्यौदा समिति गठन गर्ने लगायतका निर्णय पनि काँग्रेसले गरेको छ ।

विशेषगरी पार्टीको महाधिवेशन २०८२ मा गर्ने विषयमा महामन्त्रीले गरेको प्रस्तावमा विधान बमोजिम गर्ने भन्ने सहमति बनेको नेता सतारले जानकारी दिनुभयो ।

यस्तै गठबन्धनको बिषयमा भने आगामी निर्वाचन ताका नै काँग्रेसभित्र सर्वसम्मत निर्णय गरेर अघि बढ्ने निर्णय भएको छन्।

बैठकमा सनातन धर्मको विषयमा एजेण्डा नभएपनि आकस्मिक रुपमा छलफलमा आएपछि केही नेताहरु बीच उक्त विषय पार्टीको औंपचारीक प्रस्तावमा नभएको विषय छलफलमा ल्याइएको भन्दै भनाभनको अवस्था समेत सृजना भएको थियो ।

बैठकमा बोल्दै पार्टी सभापति शेर बहादुर देउवाले  प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्दै वर्तमान सत्ता गठबन्धनको विपक्षमा नलाग्न सदस्यहरुलाई निर्देशन समेत दिनु भएको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय