back to top
19.4 C
Kathmandu
Wednesday, May 21, 2025

निरन्तरको वर्षाका कारण भिजिबिलिटी न्यून हुँदा आन्तरिक र अन्तरराष्ट्रिय दुवै उडान प्रभावित

निरन्तरको वर्षाका कारण भिजिबिलिटी न्यून हुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तरराष्ट्रिय दुवै उडान सामान्य प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ। प्रतिकूल मौसमका कारण हवाई उडानहरु सामान्य प्रभावित भएका छन्।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनुसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेकाले हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका १/२ स्थानमा हलुकादेखि मध्यम वर्षा भइरहेको छ। प्रतिकूल मौसमका कारण आन्तरिकतर्फ पोखरा, भरतपुर र सिमरा विमानस्थल दिउँसोसम्म पनि बन्द थिए। आन्तरिकतर्फ पनि इन्ट्रयुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान मात्रै भइरहेको विमानस्थलले जनाएको छ।

पोखरा विमानस्थलको भिजिबिलिटी न्यून हुँदा काठमाडौँ–पोखरा कुनै पनि उडान भएको छैन। पोखरा–काठमाडौँ मात्र दुई उडान भएको छ।

मौसमका कारण भरतपुर, पोखरा र नेपालगञ्जको क्षेत्रीय उडानसमेत प्रभावित भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए। काठमाडौँबाट तुम्लिङटारको उडान पनि रद्द भएको छ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय