back to top
16.1 C
Kathmandu
Monday, December 23, 2024

यस बर्ष गण्डक नहरमा प्रयाप्त पानी भएपछि किसान खुशी

रामजी यादव ७ भादौ :
नारायणी सिचाई ब्यवस्थापन कार्यालय बीरगंज पर्साको नेपाल पूर्वी नहर(NEC)तथा बिभिन्न मूल नहर,शाखा नहर प्रशाखा नहरहरुमा यस बर्षको धानबालीको लागि लगातार पानी उपलब्ध भएपछि किसानहरु खुशी भएका छन। लगाताररुपमा पूर्ण क्षमतामा नहर संचालन भई रहेकोले पर्सा,बारा,तथा रौटहटका किसानहरुलाई समयमा पानी प्राप्त भई समयमा धान रोपाईको कार्य पुरा भएको थियो।भारतिय पक्षबाट पनि लगातार रुपमा राम्रो पानी प्राप्त भईरहेको तथा कार्यालय मातहतमा रहेको तिलावे बैरेजबाट पनि मुल नहरमा पानि थप्ने कार्य गरिएकोले तिनै जिल्लामा सफलतापूर्वक सिचाई सेवा उपलब्ध भईरहेकोले धान रोपाईको बेला किसानलाई सहज महसुस भएको कृषकहरु बताउछन।नारायणी सिचाई डिभिजन कार्यालयका इन्जिनियर एवमं सुचना अधिकारी सुरेश प्रसाद शाहका अनुसार यस कार्यमा सहयोगी भुमिका निर्वाह गर्ने मित्र राष्ट भारत दौंन शाखा नहरका पदाधिकारीलाई पनि सुचना अधिकारी शाहले धन्याबाद ब्यक्त गर्नु भयो साथै नेपाली मिडियाकर्मी साथीहरु, फिल्डमा कार्यरत सम्पुर्ण कर्मचारीहरुको अहोरात्र मिहिनत र सहयोगका कारण यो अभियान सफल भएको ईन्जिनियर तथा सुचना अधिकारी शाहले बताउनु भयो।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय