रामजी यादव ७ भादौ पर्सा: गम्हरियाको पशु स्वास्थ्य केन्द्र कयौ महिना देखि बन्द भई अलपत्र अवस्थामा रहेको स्थानीयहरु बताएका छन्। पर्साको बहुदरमाई नगरपालिका वडानं.३/६गम्हरियामा रहेको पशु स्वास्थ्य केन्द्र १ बर्ष देखि बन्द भई अलपत्र अवस्थामा रहेको छ। बहुदरमाई नगरपालिकाको कार्यालयले पशु चिकित्सकको दरबन्दी गरेतापनि गम्हरियाको पशु स्वास्थ्य केन्द्र बन्द भई जिर्न अवस्थामा पुगेको स्थानीयको गुनासो छ।पशु चौपायाहरुको रोग लागेपछि सेवाग्राही पशु स्वास्थ्य केन्द्र बन्द भएका कारण महगों शुल्क तिरेर निजी पसलमा उपचार गराउन बाध्य भएका छन।
गम्हरियाको पशु स्वास्थ्य केन्द्रमा चिकित्सक उपस्थित नहुँदा सेवाग्राहीहरु धेरै मर्कामा छन। गम्हरियाको पशु स्वास्थ्य केन्द्र बन्द भएपनि बहुदरमाई नगरपालिकाले आजसम्म चासो न देखाएको स्थानीहरु दुखेसो पोखेका छन। पर्साको बहुदरमाई नगरपालिकाको पशु स्वास्थ्य केन्द्र नामको मात्र रहेको र पशु चिकित्सक सधै अनुपस्थिति रहको पाईएको छ। गम्हरिया पशु स्वास्थ्य केन्द्रमा कयौ महिना देखि ताल्चा लागि बन्द अवस्थामा रहिआएको स्थानीयहरू बताएका छन्।