back to top
17.1 C
Kathmandu
Monday, December 23, 2024

सोलुखुम्बुको थामे बाढीबाट १४ वटा घर पूर्ण रूपमा बगेको

सोलुखुम्बुको थामे बाढीबाट १४ वटा घर पूर्ण रूपमा बगेको छन्।

बाढीबाट हालसम्म विद्यालयको होस्टल, एउटा क्लिनिक, पाँच वटा होटल र सात वटा घरसहित १४ वटा भवन संरचना पूर्ण रूपमा बगेको खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रवक्ता ल्हाक्पा छिरी शेर्पाले जानकारी दिए।

उनका अनुसार शुक्रबार दिउँसो एक बजेर २५ बजेतिर अचानक आएको भीषण बाढीका कारण थामे गाउँका सबै मानिस विस्थापित भएका छन्।

खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे वस्तीमा लेदो सहितको बाढीले सो क्षेत्रमा ठुलो क्षति पुर्‍याएको भन्दै राहत र उद्धारमा खटिन पनि पालिकाले आह्वान गरेको छ।

अन्य घरमा समेत बाढी पसेर धनमालको क्षति भएको उनले बताए।

गाउँपालिकाले बाढी प्रभावित बस्तीमा गर्नुपर्ने थप उद्धार, राहत तथा पुनर्स्थापनाका लागि संघीय सरकार, प्रदेश सरकार र गैरसरकारी संघसंस्थाबाट थप सहयोग र सहकार्यको अपेक्षा राखेको विज्ञप्तिमा उल्लेख छ।

बाढी गाउँ पसेपछि सम्पर्कविहीन बनेका ५५ वर्षीय निमा शेर्पाको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
थामे बाढीले पुर्‍याएको क्षति अवलोकनका लागि रक्षामन्त्री मानबीर राई शनिबार बिहान पुगेका छन्।

प्रदेश प्रहरी कार्यालयका एसएसपी भीम दाहालका अनुसार हेलिकप्टरमा रक्षामन्त्री राई;सहितको टोली घटनास्थल पुगेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल, युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकरी सहितको टोली घटनास्थलमा पुगेका छन्।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय