भक्तपुर चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजले स्नातक तह र स्नातकोत्तर अध्ययनका लागि १५ करोडको छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ ।
बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै कलेजले इन्जिनियरिङ कार्यक्रममा विद्यार्थीको आकर्षण बढाउन र सहुलियत शिक्षा प्रदान गर्न यसपटकदेखि ठूलो रकम छात्रवृत्तिमा छुट्याउने घोषणा गरेको हो ।
कलेजका प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीका अनुसार भदौपछि सुरु हुने स्नातक र स्नातकोत्तर तहका इन्जिनियरिङ कार्यक्रमबाट छात्रवृत्ति लागू हुनेछ ।